
मकवानपुर, भदौ २६ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले नयाँ नागरिकता, प्रतिलिपि नागरिकता र राहदानी बनाउने नागरिकका लागि सेवा खुला गरेको छ ।
प्रशासनले सूचना जारी गर्दै मकवानपुरका विभिन्न १० स्थानीय तहलाई साताको दुईदिन सेवा दिने व्यवस्था मिलाएको हो ।
कोरोना (कोभिड १९) लाई मध्यनजर गर्दै अर्को सुचना नआएसम्म आइतबार र सोमबार थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका, कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकाका नागरिकलाई उक्त सेवा प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी गराउनुभयो ।
त्यस्तै मंगलबार र बुधबार भने बागमती, बकैया, मकवानपुरगढी र भीमफेदी गाउँपालिकाका नागरिकले सेवा लिनेछन् ।
बिहीबार र शुक्रबार हेटौंडा उपमहानगर र मनहरी गाउँपालिकाका नागरिकले सेवा लिन पाउने छन् ।
नगरिकता, प्रतिलिपि र राहदानीबाहेकका अन्य सेवाहरु भने नियमित शनिबार बाहेकका दिनहरुमा हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्