
काठमाडौं, भदौ २६ । नेपालको अर्थतन्त्रमा वर्षेनी अर्बौ रुपैयाँ रेमिट्यास पठाएर हिरो भएका नेपाली श्रमिक अहिले जिरो अवस्थामा पुगेको श्रम विज्ञ डा. गणेश गुरुङ्गले बताउनु भएको छ ।
यस्तो अवस्थामा सरकारले समस्यामा परेका वास्तवित श्रकिकको पहिचान गर्न नसक्नु, त्यसमा पनि भेदभावका कुरा बाहिर आउनु दुखद भएको बताउनुभयो ।
अहिलेको अवस्थामा खाडी मुलुकमा १ लाख ३३ हजार नेपाली श्रमिक तत्कार उद्धार गर्नुपर्ने अवस्थामा रहेको उल्लेख गर्दै कल्याणकारी कोषमा रहेको श्रमिकको रकम महाविपत्तिको अवस्थामा पनि श्रमिकका लागि खर्च गर्न कञ्जुस्याई गर्नुको कारण बुझ्न नसकेको बताउनु भयो ।
गत असार २९ मा सरकारले श्रमिक उद्धार निर्देशिका जारी नै जारी गरेर उद्धार गर्ने बताएपनि गरेपनि ५५ दिन पुग्दा सम्म काम हुन सकेका छैन ।
यसमा श्रमिकको आवाज संगठनिक रुपमा उठ्न नसक्नु प्रमुख कारण भएको डा गुरुङ्गको तर्क छ । यसमा पनि नेपाली मन्त्रालयबीच समन्वयको अभाव रहेको डा.गुरुङ्गले बताउनुभयो ।
देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको रेमिट्यान्स भित्र्याउने आफ्ना नागरिकको उद्धारमा सरकारको अलमलले नराम्रो सन्देश गएको वहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्