
काठमाडौं, भदौं २७ । लामो समयदेखि न्यायका लागि संघर्षरत सत्याग्रही गंगामाया अधिकारीको जीवन जोखिममा पर्ने भएको छ ।
वीर अस्पतालको शैयामै सत्याग्रहमा रहेर वर्षौदेखि आफ्ना छोरा कृष्णप्रसादका हत्यारालाई कार्वाहीको माग गरिरहनु भएका अधिकारीको स्वास्थ्य वीर अस्पताललाई कोरोना उपचार केन्द्रका रुपमा विकास गरेपछि संकटमा परेको हो ।
वीर अस्पताललाई कोरोना अस्पतालका रुपमा विकास गरेपछि अरु विरामीलाई अन्यत्र सारिसक्दा पनि उहाँलाई भने त्यहाँबाट नसारेका कारण उहाँको जीवन जोखिममा परेको हो ।
उहाँको जीवन नै जोखिममा पर्ने गरी उहाँलाई कोरोनाका विरामीसँगै राखेकोमा अधिकारवादीहरुले आपत्ति जनाएका छन् ।
शनिबार ३० जना नागरिकले संयुक्त अपील प्रकाशन गर्दै अधिकारीलाई तत्काल त्यहाँबाट अन्यत्र सारेर जीवन रक्षा गर्न माग गरेका छन् ।
यसरी अपील गर्नेमा पूर्वप्रधानन्यायाधीशत्रय केदारनाथ उपाध्याय, कल्याण श्रेष्ठ, सुशीला कार्की हुनुहुन्छ । यसैगरी पूर्वसभामुख एवं अधिकारकर्मी दमननाथ ढुगांना, नागरिक अगुवा केदारभक्त माथेमा, शम्भु थापा, डा.विरेन्द्र मिश्र, डा.गौरी शंकरलाल दास, चरण प्रसाई, प्रा.कपिल श्रेष्ठ, चाँदनी जोशी, डा. विपीन अधिकारी हुनुहुन्छ ।
यसैगरी अधिकारकर्मी भक्त विश्वकर्मा, लिली थापा, सावित्री श्रेष्ठ, इन्द्र अर्याल, दिनेश त्रिपाठी, ओम प्रकाश अर्याल, देवी सुनुवार, महामुनिश्वर आचार्य, बाबुराम गिरि, आशिकराम कार्की, गणेश मण्डल, बद्रीप्रसाद भूसाल, सुमन अधिकारी, राजुप्रसाद चापागाँई, राजन कुइकेल, अनिता थपलिया, ओम प्रकाश सेन ठकुरी, विकास वस्नेत हुनुहुन्छ ।
यस्तो छ ३० नागरिकको संयुक्त अपील,
वीर अस्पतालको मुख्य भवनलाई कोभिड–१९ संक्रमित बिमारीहरुको उपचारमा केन्द्रित कोभिड अस्पतालमा परिणत गरी सकिएको वर्तमान अवस्थामा समेत सत्याग्रही गंगामाया अधिकारीलाई त्यहाँबाट अन्यत्र सुरक्षित स्थानमा स्तान्तरण नगरी कोभिड–१९ का विमारीहरुबाट संक्रमण हुन सक्ने प्रवल संभावना भएको क्षेत्रभित्र राखिएको कारणले उहाँको स्वास्थ्य उच्च जोखिममा पर्दै गएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
आफ्ना निर्दोष नाबालक छोरा कृष्णप्रसाद अधिकारीको निर्ममतापूर्वक गरिएको हत्यामा संलग्न व्यक्तिहरुलाई उन्मुक्ति दिइनु हुँदैन र हत्यामा संलग्न दोषीहरुलाई न्यायको कठघरामा ल्याई दण्डित गरिनु पर्दछ भन्ने माग राखी गंगामाया अधिकारी र उहाँका पति नन्दप्रसाद अधिकारीले २०६८।१०।२२ गते देखि आमरण अनसन सहितको सत्याग्रह सुरु गर्नु भएको थियो ।
न्यायको माग राखी अधिकारी दम्पत्ति पटक पटक आमरण अनसन बस्दै आउनु भएकोमा आमरण अनसनको ३३४ आंै दिनमा नन्द प्रसाद अधिकारीको २०७१।६।६ मा मृत्यू भएको थियो । सोही आमरण अनसनको ३५९ आंै दिनमा नेपाल सरकारबाट गंगामाया अधिकारीको न्यायको माग पूरा गराउन सहजीकरण गर्ने, जीवनभर स्वास्थ्य उपचार तथा सुरक्षाको प्रत्याभूति गर्ने प्रतिबद्धता जारी भएको हुँदा आमरण अनसन स्थगत भएको थियो । यद्यपि सरकारले सत्याग्रहका माग पूरा नगरेको हुँदा त्यस पश्चात् समेत गंगामाया अधिकारी आफूलाई नेपाल सरकारले राखेको स्थान वीर अस्पतालमा नै पटक पटक आमरण अनसनहरु बस्दै आउनु भएको छ ।
यसप्रकार नेपाल सरकारको व्यवस्थापन बमोजिम सत्याग्रही गंगामाया अधिकारीलाई वीर अस्पतालमा राखिएकोमा हाल आएर उहाँलाई राखिएको उक्त अस्पतालको मुख्य भवनलाई कोभिड अस्पतालमा परिणत गरिएको कुरा सार्वजनिक भएको छ । उहाँलाई कुनै पनि समयमा कोभिड–१९ को संक्रमण भै उहाँको जीवन जोखिममा पर्न सक्ने उच्च संभावना भएको हुँदा उहाँको जीवन रक्षाका लागि उहाँको सहमति बमोजिम तत्काल स्वास्थ्य सम्बन्धी सुविधा सम्पन्न अन्य स्थानमा स्थानान्तरण गर्न हामी नेपाल सरकार र वीर अस्पताल व्यवस्थापनलाई हार्दिक अपिल गर्दछांै ।
कोभिड–१९ संग सम्बन्धित कारणलाई देखाई राज्यबाट चालिएको कदमबाट उहाँको संविधान प्रदत्त बाँच्न पाउने हक, स्वास्थ्य सम्बन्धी हक, मानवीय मर्यादाको हक र न्याय पाउने हक प्रचलनमा अवरोध आउनु हुँदैन । सत्याग्रही गंगामाया अधिकारीको न्याय पाउने हक, त्यसका लागि गरिएको अनवरत संघर्ष तथा उहाँको जीवन रक्षा सम्बन्धी विषय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार समुदायको वैधानिक सरोकारको विषय समेत भएको हुँदा सो सम्बन्धमा संवेदनशील भै अविलम्ब आवश्यक कदम चाल्न गम्भीर रुपमा ध्यानाकर्षण समेत गराउन चाहन्छांै ।
अपिलकर्ताहरुः केदारनाथ उपाध्याय, कल्याण श्रेष्ठ, सुशीला कार्की, दमननाथ ढुगांना, केदारभक्त माथेमा, शम्भु थापा, डा।विरेन्द्र मिश्र, डा।गौरी शंकरलाल दास, चरण प्रसाई, प्रा।कपिल श्रेष्ठ, चाँदनी जोशी, डा। विपीन अधिकारी, भक्त विश्वकर्मा, लिली थापा, सावित्री श्रेष्ठ, इन्द्र अर्याल, दिनेश त्रिपाठी, ओम प्रकाश अर्याल, देवी सुनुवार, महामुनिश्वर आचार्य, बाबुराम गिरि, आशिकराम कार्की, गणेश मण्डल, बद्रीप्रसाद भूसाल, सुमन अधिकारी, राजुप्रसाद चापागाँई, राजन कुइकेल, अनिता थपलिया, ओम प्रकाश सेन ठकुरी, विकास वस्नेत ।
प्रतिक्रिया दिनुहोस्