२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


व्यवसायीका समस्या समाधान गर्न प्रधानमन्त्रीसँग देउवाले छलफल गर्ने


0
Shares

काठमाडौं, भदौ २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवसायीका समस्या समाधानका लागि सिधै प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्नुहुने भएको छ ।

कोभिड–१९ संक्रमणको जोखिमका कारण लामो समयदेखि चीनतर्फको नाकामा मालवस्तु रोकिएको भन्दै आइतबार ज्ञापन पत्र बुझाउन पुगेका व्यवसायीहरुसँगको भेटमा सभापति देउवाले प्रधानमन्त्रीसँग कुरा गरेर समस्या समाधान गर्न पहल गर्ने बताउनुभएको व्यवसायीहरुले बताएका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले १० महिनादेखि केरुङ नाकामा मालबस्तुसहितका १ हजार २ सय वटा कन्टेनर रोकिएर बसेको र त्यसाई काठमाडौं ल्याउन पहल गरिदिन ज्ञापनपत्र बुझाएको बताउनुभयो ।

महासंघले कोभिड पछि व्यापार व्यवसायलाई सूचारु गर्नका लागि विनाधितो ऋण उपलब्ध हुने व्यवस्था गर्न समेत माग गरिएको अध्यक्ष कटुवालले बताउनुभयो ।

यस्ते कोभिडको असरबाट क्षति भएको सम्बन्धमा अध्ययन गर्न निजी क्षेत्र र सरकार सम्मिलित समन्वय समिति गठन गर्न समेत माग गरेको छ ।

व्यसाय नै ठप्प भएको अवस्थामा सरकारले आफूहरुलाई कर तिर्न ताकेता गरेकाले त्यसलाई रोक्न र आन्तरिक विषयहरुमा छुट दिन पहल गरिदिन पनि माग गरिएको उहाँले बताउनुभयो ।