१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारको आदेश लत्याउँदै उपत्यकाका पसलहरु सञ्चालनमा


0
Shares

काठमाडौं, भदौ २८ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारको आदेश विपरीत उपत्यकाभित्रको बजार सञ्चालनमा आएको छ ।

उपत्यका भित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयले भदौ २४ गते तीन साता लामो निषेधाज्ञा खुकुलो बनाई शर्तसहित सातामा तीन दिन पसल सञ्चालन गर्न पाउने गरी दिन नै तोकेको छ ।

कुन बार कुन पसल खोल्ने र कुन बन्द गर्ने भन्ने सूची सार्वजनिक गरिएको छ । तर हरेक दिन सबैजसो पसल व्यवसाय सञ्चालन मापदण्ड पालना नगरी सञ्चालन हुन थालेका छन् ।

जसका कारण काठमाडौंको न्यूरोड, असन, महाबौद्ध क्षेत्रमा भिडभाड बढेको छ ।

बजारमा किनमेल गर्न पुगेका उपभोक्ताहरु पनि व्यवसायीहरुले कोरोना संक्रमण रोकथामका लागि कुनैपनि मापदण्ड पालना नगरेको बताउँछन् ।

सरकारले फुटपाथ, ठेला व्यापार, स्टेशनरी पसल, इलोक्ट्रोनिक्स पसल, डिपार्टमेन्टल स्टोर लगायतलाई बिहान ११ बजे सम्म र बेलुकी ४ बजे देखि ७ बजे सम्म मात्रै खोल्न पाउने नियम बनाईदिएको छ । तर यस्ता पसलहरु समेत दिनभर खुल्ने गरेका छन् ।

पसल सञ्चालनमा मापदण्ड पालना भए नभएको प्रभावकारी अनुगमन समेत भएको छैन ।

तर स्थानीय प्रशासनले भने अनुगमन भैरहेका र सचेत हुन सबैमा आग्रह गरेको छ ।