१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पछिल्लो २४ घण्टामा उपत्यकामा ५९७ सहित १०३९ संक्रमित, ११७३ डिस्चार्ज, ९ जनाको मृत्यु


0
Shares

काठमाडौं, भदौ २८ । पछिल्लो २४ घण्टामा १०३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०३९ संक्रमित थपिएका हुन् ।

हालसम्म संक्रमित हुनेको संख्या ५४ हजार १५९ पुगेको छ ।
२४ घण्टामा ९१६५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

२४ घण्टामा ११७३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् ।

अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ३८६९७ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५९७ जनामा कोरोना संक्रण पुष्टि भएको छ ।

काठमाडौंमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु भएकामध्ये ६ जना काठमाडौं उपत्यका मात्र छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४ पुरुष र २ महिला, मोरङमा १ पुरुष, सिन्धुपाल्चोकमा १ पुरुष र कास्कीमा १ जना महिलाको मृत्यु भएको छ ।

योसहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ ।

भिडियो हेर्नुहोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.28

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.28#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Sunday, September 13, 2020