१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना परीक्षण र उपचारमा कहाँ चुक्यो स्वास्थ्य मन्त्रालय ? (भिडियो)


0
Shares

प्रज्ञा तिमल्सीना (ईमेज)
काठमाडौं, भदौ २८ । नेपालमा कोरोना संक्रमण चरणबद्ध रुपमा फैलदै गएको छ ।

दैनिक १ हजार माथि संक्रमित भेटिइरहेका छन् ।

संक्रमणको पारो बढ्दो छ । सरकारले भने कोरोना भाइरसको परीक्षण र उपचारमा ठुलो रकम खर्च भएको, सेवा सुविधाको पनि अधिकतम व्यवस्था गरेको दाबी गरेको छ ।

नेपालमा कोरोना परीक्षण गर्न थालिएको सात महिनाको अवधिमा कुल जनसंख्याको औसतमा तीन प्रतिशतमा परीक्षण भएको सरकारी तथ्यांक छ ।

८ लाख बढीको पीसीआर परीक्षण हुंदा ५४ हजार बढीमा संक्रमण देखिएको छ ।

देशभरका ४७ प्रयोगशालामा दैनिक १० हजार व्यक्तिको परीक्षण हुदा १ हजार माथी संक्रमित भेटिन थालेका छन् ।

स्वास्थ्य मन्त्रालयले दैनिक १८ हजार बढीको परीक्षण गर्न सक्ने क्षमता रहेको बताउदै आए पनि परीक्षण दायरा भने त्यस अनुरुप बढाउन सकेको छैन् ।

यद्यपी नेपालमा भईरहेको यो परीक्षण दक्षिण एसियाली राष्ट्रहरुमा राम्रो मानिन्छ ।

सरकारले कोरोना भाईरसको परीक्षणदेखि उपचारसम्म सबै निशुल्क गरेको छ ।

पछिल्लो केही दिनयताको तथ्यांक हेर्दा कोरोनाबाट मृत्यु हुने र संक्रमितको संख्या बढ्दो छ ।

सरकारले महामारी नियन्त्रणका लागि हरसम्भव प्रयास भैरहेको बताएपछि नतिजा भने भरोसा गर्न सकिने खालको देखिंदैन । आखिर कहाँ चुक्यो त सरकार ?

हाल उपत्याकामा ११ हजार बढी संक्रमित रहेकोमा काठमाडौमा मात्र ९ हजार माथि छन् ।

प्रदेश नं १ को दुई जिल्ला मोरङ्मा २ हजार माथी र सुनसरीमा १ हजार माथीमा संक्रमण देखिएको छ । प्रदेश २ को सिराहाबाहेक ७ जिल्लामा १ हजार माथि संक्रमित छन् ।

वागमति प्रदेशको काठमाडौ, ललितपुर पछि चितवनमा वढी संक्रमित छन ।

हालसम्म गण्डकी प्रदेशको कुनै पनि जिल्लामा १ हजार माथी संक्रमित छैनन् ।

प्रदेश ५ को बांके,कपिलवस्तु र रुपन्देहीमा मात्र १ हजार बढी व्यक्तिमा संक्रमण देखिएको छ ।

कपिलवस्तुमा भने संक्रमण दर घट्दै गएको छ ।

कर्णाली प्रदेशको पनि दैलेख वाहेक अन्य जिल्लामा संक्रमित कम छन् ।

दैलेखमा भने १ हजार माथि संक्रमित छन् । सुदूरपश्चिम प्रदेशका दुई जिल्ला डोटी र कैलालीका मात्र १ हजार माथी संक्रमित छन् ।

संक्रमण नियन्त्रण र रोकथामका लागि लकडाउन निषेधज्ञा दुवै गरिएको भएपनि संक्रमितको संख्या कम नहुनुमा ठोस योजनाको अभाव अनि सर्वसाधारणको लापरवाही र सचेतनाको कमी रहेको जनस्वास्थ्य विद् डा.वन्तको भनाइ छ ।

कोरोना महामारी डरलाग्दो रुपमा फैंलिंदै गएको छ ।

परीक्षण, उपचार र अन्य सुविधा राम्रै भएपनि पनि समग्र व्यवस्थापन सवल नहुदा महामारी भयावह बन्दै गएको विज्ञहरुको भनाइ छ ।

भिडियो हेर्नुहोस्