१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बँदेल मार्न थापेको पासोले लियो आफ्नै ज्यान


0
Shares

परासी, भदौ २८ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–पर्सावलमा बँदेल मार्न आफैंले थापेको पासोमा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४५ वर्षिय ओम नारायण यादव छन् ।

बँदेल मार्न घर नजिकैको जंगलमा घेरिएको तारमा ५ जना मिलेर करेन्टको पासो थापेका थिए ।

ती मध्ये यादवको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजु लामाले जानकारी गराउनुभयो ।

यादवको शव भने कुलोमा गाडिएको अबस्थामा फेला परेको हो ।

शव गाडेर फरार रहेका मध्ये २ जनालाई रुपन्देहीबाट पक्राउ गरिएको डिएसपी लामाले बताउनुभयो ।

घटनाबारे अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।