१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शहर पस्दै मुस्ताङे स्याउ


0
Shares

म्याग्दी, भदौ २८ । मुस्ताङी स्याउको बजार विस्तार हुँदै गएको छ ।

म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोमसम्म सडकमार्ग जोडिए पछि मुस्ताङी स्याउले देशैभर बजार पाउन थालेको हो ।

बजारमा मुस्ताङी स्याउ देखिन थालेपछि विदेशी स्याउको आकर्षण पनि घट्न थालेको व्यवसायीहरु बताउँछन् ।

आफूले उत्पादन गरेको स्याउको बजार विस्तार हुँदा मुस्ताङी किसानहरु हौसिएका छन् ।

बजारको राम्रो व्यवस्था हुंदै जाने हो भने स्याउ खेती विस्तार गर्न आफुहरु तयार रहेको उनीहरुको भनाइ छ ।