१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु, ११७० संक्रमित, ८७९ जना डिस्चार्ज


0
Shares

काठमाडौं, भदौ २९ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११७० जनाका कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
विभिन्न प्रयोगशालामा १० हजार ८७८ जनाको पीसीआर परीक्षण भएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८७९ जना डिस्चार्ज भएका छन् ।

हालसम्म ३९ हजार ५७६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

१५ हजार ३९३ सक्रिय संक्रमित छन् ।

भिडियो हेर्नुहोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.29

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.29#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Monday, September 14, 2020