
लहान, भदौ २९ । कोरोना संक्रमणबाट सिरहामा सोमबार थप एक महिलाको मृत्यु भएको छ ।
सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दिपुर निवासी ३३ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलाय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो ।
लामो समयदेखि ज्वरो आइरहेका ती महिला जनकपुरस्थित काव्या अस्पतालमा भर्ना भएकी थिइन् ।
अस्पतालमै पिसिआर परीक्षण गर्दा उहाँमा कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पताल जनकपुरमा सारिएको थियो ।
उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रमुख यादवले बताउनुभयो ।
योसँगै सिरहामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संऋया ११ पुगेको छ । रासस
प्रतिक्रिया दिनुहोस्