१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दुई हजारमा पीसीआर परीक्षण गर्न नसक्ने : निजी प्रयोगशाला


0
Shares

काठमाडौं, भदौ २९ । निजी प्रयोगशालाहरुले दुई हजार रुपैयाँमा पीसीआर परीक्षण गराउन नसक्ने जनाएका छन् ।

सोमबार प्रेस विज्ञप्ती जारी गर्दै उनीहरुले सरकारले तोेकेको दुई हजार शुल्कमा परीक्षणको ल्याव खर्च पनि नउठ्ने भन्दै त्यति रकममा परीक्षण नगर्ने जनाएका हुन ।

परीक्षण गुणस्तरको ख्याल नै नगरी कमसल परीक्षण प्रविधिलाई बढवा दिने वाहानामा पीसीआर परीक्षण शुल्क दुई हजार तोकिएको भन्दै सो शुल्कमा आफुहरुले परीक्षण गर्न नसक्ने विज्ञप्तिमा उल्लेख छ ।

निजी प्रयोगशलाहरुले ४ हजार ४ सय नै शुल्कनै तोकिनु पर्ने माग समेत गरेका छन् ।

आइतबार मात्र स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षण शुल्क घटाएर दुई हजार तोेकेको थियो ।