१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अध्यागमन विभागले सुरु गर्‍यो भिसा दिन


13
Shares

काठमाडौं, भदौ २९ । अध्यागमन विभागले कोरोना भाइरसका कारण नेपालमा रोकिएका विदेशी नागरिकहरुको भिसा सेवा सुरु गरेको छ ।

संक्रमण जोखिमका कारण अन्तर्राष्ट्रिय उडान बन्द रहेको अवस्थामा नेपालमा रोकिएका विदेशी नागरिकहरुको भिसा सेवा सुरु गरेको जनाएको छ ।

विभागले सेवा सुरु गरेपछि पर्यटक भिसा, कामदार भिसा र एनआरएन भिसामा रहेर नेपालमा रोकिएकाहरुरुलाई आफ्नो देश फर्किन सहज हुने विभागका महानिर्देशक रमेश केसीले बताउनुभयो ।

लकडाउनपछि पहिलो पटक असार १ गतेबाट भदौ ४ गतेसम्म सेवा संचालनमा आएको भए पनि निषेधाज्ञाका कारण केही समय स्थगित भएको थियो ।

विभागले आइतबार सेवा पुनः संचालनमा ल्याएको महानिर्देशक केसीले उहाँले बताउनभयो ।

भिसाको म्याद सकिएकाको हकमा सेप्टेम्बर १५ अर्थात् भदौ ३० सम्म आफ्नो देश फर्किएमा कुनै शुल्क लाग्ने छैन ।

तोकिएको समयमा पनि फर्किन नसकेमा डिसेम्बर १५ (मंसिर मसान्त) सम्म लागु रहने गरी हरेकले तीन डलर जरिवाना तिरेर बस्न सक्ने महानिर्देशक केसीले बताउनुभयो ।

लकडाउन जारी भएपछि बन्द रहेको अन्तर्राष्ट्रिय उडान सेवा भदौ १६ गतेबाट खुला भएसँगै नेपालमा लकडाउन निषेधाज्ञाले रोकिएका विदेशी पर्यटकको भिसा सहजिकरणका लागि सेवा संचालनमा ल्याएको विभागले जनाएको छ ।