
काठमाडौं, भदौ २९ । काठमाडौं महानगरपालिकाले असोज १ गतेदेखि विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा संकलन गर्ने भएको छ ।
सोमबार एक अन्तरक्रिया कार्यक्रममा महानगरका प्रमुख प्रशासकिय अधिकृत एकनारायण अर्यालले विद्युतीय प्रविधि मार्फत राजश्व संकलन गर्दा आगामी वर्षमा २० देखि ३० प्रतिशत सम्म राजस्व संकलन बढ्ने अपेक्षा गरिएको बताउनुभयो ।
कर तिर्न आउने व्यक्तिलाई सम्मान गर्न नजान्दा कर तिर्न ढिलो हुने अथवा आउदै नआउने प्रवृतिको अन्त्य हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।
यो प्रणाली लागु भएपछि कर तिर्न आउनेको संख्या र राजस्वको आधार समेत बढ्ने अर्यालको भनाई छ ।
अनलाइन माध्यमबाट कर निर्धारण र संकलन गर्न सकिने भएपछि दैनिक कति राजस्व संकलन भयो भन्ने थाहा पाउन सकिने पनि अर्यालले बताउनुभयो ।
यसबाट कुन क्षेत्रमा के कति कर उठाउन बाँकी छ भन्ने तथ्याङ्क पनि आउने भएकाले काम गर्न सहज हुने विश्वास उहाँले छ ।
महानगरपालिकाले यस अघि नक्सा स्वीकृतिमा विद्युतीय माध्यमबाट हस्ताक्षर गर्न मिल्ने प्रणाली सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्