
डडेल्धुरा, भदौ ३० । जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले आर्थिक बर्ष २०७६/७७ मा २० लाख ४६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
राजमार्ग सडकमा चेकजाँचका क्रममा ट्राफिक नियम उल्घंन गर्ने सवारी साधनलाई कारवाही गरी उक्त राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब निरिक्षक देब बहादुर खत्रीले जानकारी दिनुभयो ।
कारवाहीमा पर्नेमा जम्मा ३ हजार पाँच सय ९६ सवारी साधन छन् ।
धेरै जसो सवारी चालकले नियम उल्लंघन गर्ने गरेका र परिस्थितिजन्य आदेशको अवज्ञा गर्नेलाई कारवाही गरिएको निरिक्षक खत्रीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्