
पर्सा, भदौ ३० । पर्सामा सुरक्षा निकायको टोलीले विभिन्न सीमा नाकाको निरीक्षण गरेको छ ।
सशस्त्र प्रहरी बल प्रदेश २ का प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी कृष्ण भक्त ब्रह्मचार्य सहितको सुरक्षा निकायको टोलीले बीरगञ्जको मुख्य भन्सार नाका, मितेरी पुलको अवस्था तथा इनर्वा, बलिरामपुर, छपकैया, भिस्वा, जानकीटोलालगायतका नाका निरीक्षण गरेको हो ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सिमा सिल गरेपनि खुला सीमाका कारण भारतबाट नेपाल प्रवेश गर्ने र अवैध चोरी पैठारी रोकिएको छैन ।
प्रतिक्रिया दिनुहोस्