१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पछिल्लो २४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु, काठमाडौंमा ६७६ सहित १४५९ संक्रमित थपिए


0
Shares

काठमाडौं, भदौ ३० । नेपालमा पछिल्लो २४ घण्टामा थप १४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप १४५९ जनामा कोरोना संक्रमण भएको जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

२४ घण्टामा १० हजार ६२ जना डिस्चार्ज भएका छन् ।

हालसम्म डिस्चार्ज हुनेको संख्या ४०६३८ रहेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६७६ जना कोरोना भाइरस संक्रमित भएका छन् ।

काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पुरुष ७ र महिला ४ जनाको ज्यान गएको छ ।

योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।

भिडियो हेर्नुहोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.30

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.30#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Tuesday, September 15, 2020