१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पछिल्लो २४ घण्टामा १५३९ संक्रमित, १०६८ डिस्चार्ज, ८ जनाको मृत्यु


0
Shares

काठमाडौं, भदौ ३१ । पछिल्लो २४ घण्टामा थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १५३९ जना कोरोना संक्रमित थपिएको बताउनुभयो ।

योसँगै कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।

मन्त्रालयका अनुसार २४ घन्टामा १० हजार ४९४ पीसीआर परीक्षण गरिएको छ।

बितेको २४ घण्टामा १०६८ जना संक्रमित निको भइ डिस्चार्ज भएका छन् ।

योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ ।

संक्रमणबाट पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ ।

हालसम्म संक्रमणबाट मुत्यु हुनेका संख्या ३७९ पुगेको छ ।

भिडियो हेर्नुहोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.31

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.31#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Wednesday, September 16, 2020