१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


झापामा पीसीआर परीक्षण प्रयोगशाला उद्घाटन


0
Shares

झापा, भदौ ३१ । झापाको कनकाई नगरपालिका–४ कोटिहोममा समुदायले तयार पारेको पीसीआर परीक्षण प्रयोगशालाको औपचारिक उद्घाटन गरिएको छ ।

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले ल्यावको आज औपचारिक रुपमा उद्घाटन गर्नु भएको हो ।

तर, कोरोनाको परीक्षण भने केही दिन अघिदेखि नै हुँदै आएको थियो ।

ल्यावमा एक दिनमा ३ सय नमूना परीक्षण गर्न सकिने ल्याबका माइक्रोबायोलोजिस्ट शान्तिराम पोखरेलले जानकारी गराउनुभयो ।

तर, कर्मचारी तथा प्राविधिकको व्यवस्था हुन सके एक दिनमा ४ सय जनाको परीक्षण हुनसक्ने पोखरेलको दाबी छ ।

यहाँ राखिएको मेसिनमा एक पटकमा ९६ जनाको स्वाव परीक्षण हुन्छ ।

सामाजिक अभियन्ता महेन्द्र कुमार गिरीको अगुवाइमा ‘एकका लागि एक अभियान’ सञ्चालन गर्दै ल्याब स्थापनाका लागि अभियानले १ करोड २० लाख रुपैयाँ संकलन गरेको थियो ।