२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मृत्यु भएको व्यक्तिको कोरोना परीक्षण गर्नुपर्दैनः स्वास्थ्य मन्त्रालय


0
Shares

health ministry corona death

काठमाडौं, भदौं ३१ । सरकारले मृत्यु भएको व्यक्तिको कोरोना लागेको शंका भए पनि अब स्वाब परीक्षण नगर्न निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले शंकास्पद व्यक्तिको मृत्युपछि कोरोना परीक्षण नगर्न नगराउन निर्णय गरेको जानकारी दिनुभएको हो ।

मन्त्रालयले त्यस्ता शंकास्पद व्यक्तिको शव व्यवस्थापनमा भने सम्पूर्ण सावधानी अपनाउन तथा सम्पर्कमा आएकाहरुलाई १४ दिन क्वारेन्टिनमा बस्न भनेको छ ।

शवबाट नमुना निकाली कोभिड–१९ परीक्षण गर्ने काम नगर्ने नगराउने निर्देशन दिइएको गौतमले बताउनुभयो ।

यसअघि कोरोनाको मिल्दोजुल्दो लक्षण भएको व्यक्तिको मृत्यु भएका मृतकको शवबाट स्वाब निकालेरै परीक्षण गर्ने गरिएको थियो ।