
Picture:Web
काठमाडौं, भदौं ३१ । वायुसेवा सञ्चालक संघले पचास प्रतिशत सिटमा मात्रै यात्रु राखेर विमान चलाउन नसक्ने भन्दै सरकारको निर्णय पालना गर्न नसक्ने जनाएको छ ।
संघले पूर्ण सिट क्षमतामा नै जहाज उडाउन पाउनुपर्ने माग गर्दै यही व्यवस्थामा कुनै पनि बुकिङ खुल्ला नगर्ने पनि प्रष्ट गरेको छ ।
संघले ५० प्रतिशत सिट क्षमतामा टिकट बुकिङ नगर्ने निर्णय गरेको बैठकमा सहभागी यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले सञ्चारमाध्यमलाई बताउनुभयो ।
यात्रुले अहिले बढी भाडा तिर्न नसक्ने, यात्रु एकतर्फी मात्रै हुने भएकाले आधा क्षमतामा उडान गर्न नसकने संघको निर्णय छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ देखि ५० प्रतिशत यात्रु राखेर आन्तरिक उडानलाई खुल्ला गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्