४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


पूर्व प्रधानन्यायाधीश सिंहको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि


0
Shares

काठमाडौं, भदौ ३१ । पूर्व प्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंहको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

उहाँको पार्थिव शरीरमा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले राष्ट्रिय झण्डा ओढाउनुभएको थियो ।

सिंहका नातिले दागबत्ति दिनुभएको थियो ।

निमोनियाबाट ग्रसित सिंहकोे मंगलबार बेलुका काठमाडौंको बत्तिसपुतलीमा सय वर्षको उमेरमा निधन भएको हो ।

पहिलो प्रधान न्यायालयका रुपमा काम कारबाही भइ रहेको अवस्थामा २०१३ सालमा सर्वोच्च अदालत ऐन जारी भई सर्वोच्च अदालत गठन भएपछि प्रधान न्यायाधीशका रुपमा सिंहले न्यायालयको नेतृत्व गर्नु भएको थियो ।

उहाँले झापा गोश्वाराको हाकिमको रुपमा जागिरे जीवनको सुरुवात गर्नु भएको थियो ।

वि.स. २०१३ सालमा सर्वोच्च अदालतकोे प्रधान न्यायाधीशको रुपमा नियुक्त हुनु भएका सिंहले करिब ३ वर्ष सर्वोच्च अदालतको नेतृत्व गर्नुभएको थियो ।