
काठमाडौं, भदौ ३१ । लघु घरेलु तथा साना उद्योग प्रवद्धन केन्द्रका ३८ कर्मचारीहरु निस्कासित भएपछि आन्दोलित बनेका छन् ।
पुन बहालीको माग राख्दै २० जना अस्थाथी र १८ जना करारका कर्मचारीहरुले त्रिपुरेश्वरस्थित केन्द्रको कार्यालयमा प्रदर्शन गरेका छन् ।
आन्दोलनमा उत्रिएका कर्मचारीहरुले कर्मचारीको म्याद नथप्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णय सच्चाएर तत्काल पूनर्वहाली गर्न माग गरेका छन् ।
सिलाइकी शिक्षक कविता प्रधानले निस्कासनमा परेका कर्मचारीहरु अस्थायीमा २० देखि ३० वर्ष र करारमा १० वर्षसम्म काम गरेको बताउनुभयो ।
करिव २२ किसिमका तालिम दिई रहेकोको केन्द्रले अहिले ६० किसिमका तालिम दिने तयारी गरि रहेको छ ।
प्रतिक्रिया दिनुहोस्