२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


एप्पलले ल्यायो शरीरमा ब्लड अक्सिजनको मात्रा देखाउने सस्तो मूल्यको घडी


0
Shares

apple watch

एजेन्सी, भदौं ३१ । एप्पलले पहिलो पटक शरीरमा ब्लड अक्सिजनको मात्रा देखाउने सुबिधासहितको घडी बजारमा ल्याएको छ ।

सस्तो मूल्यको भनिएको यस स्मार्ट वाचलाई अमेरिकामा २७९ डलर पर्ने जनाइएको छ । कोरोना भाइरस महामारीका कारण विश्व अर्थतन्त्र कमजोर बनेकाले सस्तो मूल्यको घडी तयार पारेको उसले जनाएको छ ।

यसअघि करिब पाँच महिनाअघि सस्तो मूल्यको आइफोन बजारमा ल्याएको एप्पलले यो दोस्रो सस्तो उत्पादन भएको जनाएको छ । एप्पल वाच एसई बजारमा भने आगामी शुक्रबारबाट मात्रै उपलब्ध हुने जनाइएको छ ।

एप्पलले अहिले एप्पल वाच करिब तीन सय ७७ डलरमा बेचिरहेकाले यस उत्पादनलाई सस्तो भनेको हो । नयाँ घडीमा धेरै नयाँ सुविधा थपिएको पनि एप्पलले जनाएको छ ।

यो घडीले लगाउने व्यक्तिको स्वास्थ्यबारे सम्पूर्ण जानकारी राख्नेछ । घडीले व्यक्तिको शरीरमा ‘ब्लड अक्सिजन’को अवस्था देखाउने बताइएको छ ।

कोरोना भाइरस महामारी फैलिएपछिको अवस्थामा उत्पादन गरेकाले घडीमा स्वास्थ्य फिचर समावेश गरिएको एप्पलले जनाएको छ ।