
काठमाडौं, असोज १ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा सुधार आएको छ ।
कोरोना संक्रमण देखिएपछि ओम अस्पतालमा उपचाररत डा. कोइरालाको आज विहानदेखि स्वास्थ्य अवस्थामा सुधार आएको हो ।
कोइराला स्वयंले एक भिडियो सन्देश जारी गर्दै आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको जानकारी दिनुभएको छ । अरु एक दुई दिन अझै अस्पतालमा रहने पनि जानकारी दिनुभएको छ ।
उहाँले आफ्नो स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्ने सबैमा धन्यवाद दिनुभएको छ ।
आज विहान डा. कोइरालाले ब्रेड, अण्डा र जुस खानुभएको उहाँको स्वकीय सचिव भरत तिवारीले जानकारी दिनुभयो ।
तिवारीले भन्नुभयो, ‘हिजोसम्म अलिक गाह्रो भएको थियो । तर आज विहानै उहाँले अण्डा, ब्रेड र जुस खानुभएको छ । आज खानामा खसीको मासु र भात खाने इच्छा गर्नुभएको छ ।’
अरु दुई चार दिन अस्पतालमै राखेर उपचार गर्ने र १४ दिन पुगेपछि पीसीआर गरेर मात्र घर लैजाने उहाँले जानकारी दिनुभयो ।
कोरोना पोजिटिभ देखिएपछि केही दिन घरमै आइसोलेसनमा रहनुभएका कोइराला अलिक गाह्रो भएपछि अस्पताल भर्ना हुनुभएको हो ।
उता, कांग्रेस सभापति शेरबहादुर देउवा पनि आफ्नो सचिवालयका एक जनालाई कोरोना पोजेटिभ देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको ।
होम आइसोलेसन मै रहनु भएका देउवाको पनि पीसीआर परीक्षण गरिँदैछ ।
प्रतिक्रिया दिनुहोस्