
काठमाडौं, असोज १ । दुईदिन स्थिर रहेको सुनको मूल्य बिहीबार घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य बिहीबार तोलामा ९ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाला सुनको मूल्य तोलाको ९७ हजार पाँच सय रुपैयाँ थियो ।
तेजाबी सुनको मूल्य पनि तोलामा नौ सय रुपैयाँले घटेर ९६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार तेजाबी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्