
काठमाडौं, असोज १ । वायुसेवा सञ्चालक संघ (एओएएन) ले ५० प्रतिशत यात्रु बोकेर उडान गर्न दिने सरकारको निर्णय व्यवहारिक नभएको जनाएको छ ।
एओएएनले पूर्ण क्षमतामा यात्रु राखी पुरानै भाडादरमा सञ्चालन गर्न दिएमात्रै उडान सूचारु गर्न सक्ने जनाएको हो ।
एओएएनका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले संकटको बेला यात्रुबाट ५० प्रतिशत थप भाडा लिनु न्यायोचित नभएको भन्दै ५० प्रतिशत यात्रु बोक्नै पर्ने भए सरकारले सहुलियत प्रदान गर्नुपर्ने बताउनुभयो ।
उहाँले विमान कम्पनी घाटामा गएपनि भाडादर नबढाइकन उडान गर्न आफुहरु सक्षम रहेको पनि स्पस्ट पार्नुभयो ।
अन्तर्राष्ट्रिय उडान भर्ने जहाजले पूर्ण क्षमतामा यात्रु बोक्न पाउने तर देश भित्रै कम समयका लागि उडान गर्ने विमानले पूर्ण क्षमतामा यात्रु बोक्न नपाउने निर्णय विरोधाभाषपूर्ण भएको थापाको भनाइ छ ।
वायु सेवा सञ्चालक संघले अन्तर्राष्ट्रिय मापदण्ड र सरकारले बनाएको मापदण्ड पूर्णरुपमा पालना गरी उडान गर्न सक्षम भएपनि अव्यवहारिक निर्णय अनुसार उडान गर्न सक्ने स्थिति नरहने स्पस्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस्