२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


म्याग्दी संक्रमणमुक्त जिल्ला


0
Shares

गलेश्वर, असोज १ । म्याग्दी कोरोना संक्रमणमुक्त जिल्ला बनेको छ ।

जिल्लाको क्वारेन्टिन र आइसोलेसनबाट १७ कोरोना संक्रमित निको भएर घर फर्किएपछि म्याग्दी कोरोना संक्रमणमुक्त जिल्ला बनेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो ।

एक महिनाअघि पनि म्याग्दी कोराना संक्रमणमुक्त जिल्ला बनेको थियो तर सरुवा भएर आएका एक प्रहरीमा कोरोना संक्रमण देखिएपछि पुनः कोरोना संक्रमणमुक्त जिल्ला भएको थियो ।

संक्रमित प्रहरीको पिसिआर परीक्षणको नतिजामा बुधबार नेगेटिभ आएपछि म्याग्दी पुनः कोरोना संक्रमणमुक्त जिल्ला बनेको छ ।

प्रजिअ अधिकारीका अनुसार आइसोलेसनमा रहेका एक मात्र संक्रमित प्रहरी जवानको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएकाले यो जिल्ला कोरोना संक्रमणमुक्त भएको हो ।

समुदायस्तरमा सङ्क्रमण फैलिन नदिन म्याग्दीमा उच्च सतकर्ता अपनाइएको छ । रासस