१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु, काठमाडौं उपत्यकामा ६१८ सहित १२४६ जनामा कोरोना संक्रमण


0
Shares

काठमाडौं, असोज १ । पछिल्लो २४ घन्टामा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यो सहित कोरोना संक्रमितको जम्मा संख्या ५९ हजार ५७३ पुगेको छ ।

२४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १२४३ रहेको छ ।

यो सहित हालसम्म कोरोना संक्रमणबाट निको भइ डिस्चार्ज हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा १० हजार ६४१ जनाको पीसीआर परीक्षण भएको छ ।

क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ८८३ जना रहेका छन् भने सक्रिय संक्रमितको संख्या १६ हजार २४१ जना रहेको छन् ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६१८ जनामा कोरोना संक्रण पुष्टि भएको छ ।

काठमाडौंमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र १ जना पुरुष छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार मोरङमा ६४ वर्षीया महिला, चितवनमा ३६ वर्षीया महिला, कैलालीमा ५७ वर्षीया महिला र काठमाडौंमा ८३ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ ।

योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७३ पुगेको छ ।

सोलुखुम्बु, मुस्ताङ, डोल्ला, मुगु र हुम्ला कोरोनामुक्त जिल्ला हुन् ।

भिडियो हुर्नुहोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.06.01

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.06.01#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Thursday, September 17, 2020