
काठमाडौं, असोज १ । कोरोना संक्रमणबाट ८९ वर्षिय वृद्धको निधन भएको छ ।
काठमाडौं वडा नं २५ बाँङ्गेमुढा का वृद्धको पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
करिब १४ दिन देखि अस्पतालमा उपचारमा रहेका संक्रमितलाई प्लाज्मा थेरापी गरेको थियो । बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको हो ।
बिहीबार नेपाली सेनाले पशुपति स्थित शव दाग गृहमा अन्त्यष्टि गरेको थियो ।
संक्रमितलाई उच्च रक्तचाप रोग समेत रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्