१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वैष्णवीदेवी मन्दिरमा पाटी र कलात्मकद्धारको शिलान्यास


0
Shares

ललितपुर, असोज २ । ललितपुर महानगरपालिकाको वडा नं ४ नख्खुमा रहेको वैष्णवीदेवी मन्दिर परिसरमा पाटी र कलात्मकद्धारको निर्माण सुरु गरिएको छ ।

उक्त पाटी र कलात्मकद्धारको शिलान्यास ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले गर्नुभयो ।

परिसरमा चारवटा घाट छन् । उक्त घाटमा ललितपुरका धेरै धेरै थरका नेवारको दाहसंस्कार गरिन्छ ।

शिलान्यास गर्दै महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले सुरु गरेको काम समयमै सक्न र गुणस्तरीयता कायम गर्न अनुरोध गर्नुभयो ।

ललितपुर महानगरपालिकाका एक तिहाइको अन्त्येष्टि यस मन्दिर भित्रको घाटमा हुने भएकाले यसको संरक्षण अत्यन्तै महत्वपूर्ण भएको महानगरप्रमुखले बताउर्नुभयो ।

उहाँले यसको विकासका लागि महानगरपालिकाको मात्रै भर पर्न नहुने बताउँदै सहयोगी मन र हातहरुसँग सहयोगका लागि माग्नुपर्ने स्पष्ट पार्नुभयो ।

निर्माण हुन लागेको पाटीमा शववहानबाट ल्याइएको शवलाई केही समय राखिने ललितपुर महानगरका सहरी विकास योजना महाशाखा प्रमुख श्रीकुमार महर्जनले बताउनुभयो ।

अहिले शव राख्ने ठाउँ नहुँदा मुख्यद्धारमै छोडिन्छ ।

मन्दिर र घाट क्षेत्रको संरक्षण र विकासको लागि गुरुयोजना तयार गरेको वैष्णवीदेवी मन्दिर तथा श्मसान क्षेत्र सुधार समितिका अध्यक्ष रत्नलाल महर्जनले बताउनुभयो ।

गुरुयोजना अनुसार काम अघि बढाउने उहाँले बताउनुभयो । उक्त समितिमा उपाध्यक्षद्धय रत्न महर्जन र युवराज शाक्य हुनुहुन्छ ।

कोषाध्यक्ष सानूलाल महर्जन भएको यो समितिका सदस्य भगवान शाही हुनुहुन्छ ।

मन्दिर र घाटको संरक्षण सहित यस क्षेत्रको संरक्षण सहित सरसफाइ आवश्यक भएको उहाँले बताउनुभयो ।