१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दुधौलीका मुसहर समुदायले पाए एकीकृत बस्ती, मुख्यमन्त्रीले दिए साँचो


0
Shares

सिन्धुली, असोज २ । सिन्धुलीको दुधौली क्षेत्रका मुसहरहरुलाई व्यवस्थित बसोवासका लागि निर्माण भएको एकीकृत बस्तीको साँचो शुक्रबार हस्तान्तरण गरिएको छ ।

बागमति प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले ४२ घर परिवार मुसहरहरुको व्यवस्थित बसोवासका निर्माण भएको घरको साँचो शुक्रबार हस्तान्तरण गर्नुभएको हो ।

सिन्धुलीको दुधौली नगरपालिकाको पत्रिंगामा कष्टकर जिवन यापन गर्दै आएका मुसहर जातिहरु घर पाएपछि खुशी भएका छन् ।

मुसहरहरुका लागि सरकारको जनता आवास कार्यक्रम अन्तर्गत शहरी विकास तथा भवन डिभिजन कार्यालयको करिव एक करोड ४१ लाख रुपैयाको आर्थिक सहयोगमा एकिकृत नमुना मुसहरु बस्तीको निर्माण भएको हो ।

दुधौंली नगरपालिका क्षेत्रमा रहेका करिव ३ सय ५० परिवार मध्ये १ सय ६६ परिवारको जनता आवास कार्यक्रम अन्तर्गत सुरक्षित आवास निर्माण भईसकेको छ ।

१ सय ७३ घर परिवारका लागि भने आवासको निर्माणको काम भैरहेको छ ।