
धनगढी, असोज २ । मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्र्तगत बाजुरामा उत्पादित स्याउ यस वर्ष पहिलो चरणमा हवाईजहाज मार्फत २० क्विन्टल स्याउ नेपालगन्ज हुँदै बुधवार धनगढी बजारमा आइपुगेको छ ।
यससँगै बुधबार देखि नै धनगढीको बजारमा बाजुराको स्याउ पाईन थालेको हो ।
हेर्दा राम्रो नदेखिएपनि बाजुराको स्याउ खादा भने स्वादिलो यो स्याउले सुदूरपश्चिम प्रदेशको धनगढी बजारमा पाउन थालेको हो ।
स्वदेशमै उत्पादन भएको स्याउलाई प्रवद्र्धन गर्ने उद्देश्यले बाजुराबाट २० क्विन्टल स्याउ स्वामिकार्तिक खापर गाउँपालिकाको समन्वयमा बाजुराको स्याउ कोल्टीबाट धनगढी सम्म हवाई जहाज मार्फत ल्याइएको छ ।
सोही स्याउ प्रतिकेजी १ सय १० रुपैयाँमा धनगढी बजारमा खरिद गर्न पाइन्छ ।
‘स्याउ कृषक समन्वय समितिका अध्यक्ष मानबहादुर रोकायाले बाजुरामा ४० रुपैयाँमा खरिद गरेको स्याउ धनगढी सम्म आइपुग्दा प्रतिकेजी १ सय १० रुपैयाँ पुगेको बताउनुभयो ।
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले सुदूरपश्चिमलाई फलफूलमा आत्मनिर्भर बनाउन प्रदेश सरकारले विशेष कार्यक्रम ल्याएको बताउनुभयो ।
‘जसले एक पटक खायो, उसले स्वाद थाहा पायो’ भन्ने नाराका साथ बाजुराका विभिन्न गाउँमा फलेको स्याउ अहिले धनगढी बजारमा बिक्री भइरहेको छ ।
गत वर्ष पनि बाजुराको स्याउ बिक्रीका लागी धनगढी काठमाडौं लागयतका ठाउँमा पुर्याइएको थियो ।
प्रतिक्रिया दिनुहोस्