
काठमाडौं, भदौं ४ । रुसमा रहेका एक नेपालीले केरोनाविरुद्धको खोप लगाउने अवसर पाएका छन् ।
रुसको राजधानी मस्कोमा कार्यरत डा. महेश श्रेष्ठले कोरोना भाइरस (कोभिड १९) बिरुद्धको भ्याक्सिन लगाउन पाउनु भएको हो ।
मस्कोमा कार्यरत ६१ वर्षीय डा.श्रेष्ठले शनिबार कोराना भाइरसबिरुद्धको खोप लिनुभएको हो । सल्यान पुर्ख्यौली घर भएका श्रेष्ठको नाम रसियन सरकारद्वारा अनलाइनमा लक्की ड्र मार्फत छानिएको थियो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा.बद्री केसीले लक्की ड्र मार्फत् श्रेष्ठले यो अवसर पाएको सामाजिक सञ्जालमार्फत जानकारी दिनु भएको छ ।
श्रेष्ठलाई भ्याक्सिन दिनुभन्दा पहिला सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ । ३० हजार जना मध्येबाट छानिनु भएका श्रेष्ठको भ्याक्सिन लगाएपछिको स्वास्थ्य अवस्था पनि सामान्य रहेको बताइएको छ ।
रसियामा निर्मित उक्त भ्याक्सिन नेपालमा ल्याउने प्रयास पनि भइरहेका समयमा रुसमा एक नेपालीले खोप लगाउनु पाएका हुन् ।
नेपालका लागि रसियन राजदूत एलेक्सी नोभिकभले रुसले विकास गरेको उक्त भ्याक्सिन नेपाललाई दिन तयार रहेको जानकारी दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्