
काठमाडौं, असोज ४ । प्रहरीले काठमाडौंको पेरिसडाँडाबाट एक महिलालाई पक्राउ गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकका क्रममा भित्र पस्न खोजेपछि दोलखाकी बालिका खड्कालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो ।
झोला देखाउन आग्रह गर्दा नदेखाएर जबर्जस्ती जान खोजेपछि नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार खड्कालाई धर्नामा बस्न आएको र अन्य साथीसमेत आउन लागेको बताएपछि नियन्त्रणमा लिइएको हो । रासस
प्रतिक्रिया दिनुहोस्