
काठमाडौं, असोज ४ । पछिल्लो २४ घण्टामा १३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३२५ जनामा कोरोना संक्रमण भएको बताउनुभयो ।
२४ घण्टामा ९ हजार ५८४ जनाको पीसीआर परीक्षण गरिएको छ ।
हालसम्म कोरोना संक्रमितको संख्या ६४,१२२ जना छन् ।
स्वास्थ्य अनुसार पछिल्लो २४ घण्टामा ९६६ जना डिस्चार्ज भएका छन् ।
हालसम्म डिस्चार्ज हुनेको संख्या ४६२३३ रहेको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्