
काठमाडौं, असोज ४ । करिब ७ महिनापछि बजारमा पुनः चहलपहल सुरु भएको छ ।
कोरोनाको त्रास बढेसँगै सरकारले गरेको लकडाउन र निषेधाज्ञापछि गत बिहीबारबाट सबै खाले पसल र व्यवसाय खोल्न सरकारले अनुमती दिएसँगै पसल खुलेका छन् ।
मानिसको चहलपहल बढे पनि प्राय काठमाडौंका पसल भने सुनसान देखिएका छन् ।
तर अझै सबै पसलहरु भने पुर्ण रुपमा खुलेका छैनन् । खुलेका अधिकाशं पसलहरुमा व्यापार नै नभएको व्यवसायीले बताएका छन् ।
कोरोनाका त्रासका कारण मानिस सामान खरिद गर्न नआउँदा १० प्रतिशत मात्रै कारोबार भएको उनीहरु बताउँछन् ।
काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेलमा पनि अवस्था उस्तै छ ।
कतिपय व्यापारीहरु पलायन भएका छन् भने केही पसल अझै खोलिएको छैन ।
बाह्य पर्यटक आँउदा कारोबार उच्च हुने बजारमा यतीबेला चहलपहल त सुरु भएको छ तर कारोबारको अवस्था भने शुन्य ।
कतिपय व्यवसायी कहिले त कारोबार नै नहुने भएपनि घरमा बस्नु भन्दा पसल खोलेर बस्न उचित भएकाले मात्र आएको बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्