
काठमाडौं, असोज ४ । साताको पहिलो दिन आइतबार शेयर बजार ३ अंकले बढेर बन्द भएको छ ।
आइतबार उतारचढावबीच बजार परिसूचक नेप्से ३ अंकले बढेर १५ सय ७५ पुगेको छ ।
आइतबार नेप्सेको अनलाइनमा आएको समस्याको कारण २५ मिनेट बजार बन्द भएको थियो ।
यसदिन आधा समुह रातो रहँदा आधार हरियो रहे ।
आइतबार होटल समुह सबैभन्दा उच्च ९६ अंकले ओरालो लाग्दा नीर्जिबन बिमा समुह ७० अंक र जीवन बिमा ५६ अंकले ओर्लियो ।
वित्त समुह, होटल र वाणिज्य बैंक समुह क्रमशः दोहोरो अंकले उकालो लागे ।
आइतबार ७० कम्पनीको शेयरमुल्य उकालो लाग्दा ९० कम्पनीको घट्योे भने ७ कम्पनीको शेयर मुल्य स्थिर रह्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ८८ कम्पनीको ९२ लाख २३ हजार कित्ता शेयर २ अर्ब ७४ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्