१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


शिक्षकहरुले सार्वजनिक गरे आन्दोलनका कार्यक्रम


0
Shares

काठमाडौं, असोज ४ । गत वर्षको शैक्षिक सत्र तथा यस वर्षको पनि तलब नपाएको भन्दै संस्थागत विद्यालयका शिक्षकहरु आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

शैक्षिक क्षेत्र ठप्प हुँदा तीन हजार हाराहारीमा संथागत विद्यालयका शिक्षकहरुले रोजगारी गुमाएको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले जनाएको छ ।

शिक्षक कर्मचारी मध्ये ९५ प्रतिशतले वैशाखयता पूरा तलब नपाएको र गत सालको चैत महिनासम्मको तलब नपाउने शिक्षक—कर्मचारीहरू ६० प्रतिशतको हाराहारीमा रहेको इस्टुले जनाएको छ ।

शिक्षकहरुलाई कार्यरत विद्यालयले कामबाट निकाल्ने कार्य गरेकोमा सो कार्य तत्काल रोक्न माग गरेको छ ।

वि.स. २०७६ चैतसम्म तलब नदिएका संस्थागत विद्यालयहरूले आजका ७ दिनभित्र अनिवार्य तलब दिनुपर्ने, र वि.स. २०७७ असोजको दोस्रो सातासम्ममा २०७७ असारसम्मको खाइपाई आएको सम्पूर्ण तलब भत्ता अनिवार्य भुक्तानी गर्नुपर्ने समेत इस्टुले माग गरेको छ ।