
उदयपुर, असोज ४ । सरकारको उच्च प्राथमिकतामा परेको पूर्व–पश्चिम मदन भण्डारी लोकमार्गको उदयपुर सदरमुकाम गाईघाट खण्डमा कालोपत्रे गर्ने काम रोकिएको छ ।
असारको दोस्रो साता कालोपत्रे गर्ने तयारी भए पनि लकडाउन, मनसुन र मजदुर अभाव देखाउदै आयोजनाको काम अगाडि बढ्न सकेको छैन् ।
सडक निर्माणको काम रोकिएसँगै सदरमुकामबासीले धुवाँ धुलो र प्रदुषणबाट सास्ति खेप्नु परेको भन्दै निर्माणलाई निरन्तरता दिन माग गरेका छन् ।
भदौ मसान्त सम्ममा ८५ प्रतिशत भौतिक प्रगति भएको निर्माण कम्पनि जेडआइ सिसि लामा एण्ड शर्मा जोईन्ट भेन्चरका प्रोजेक्ट मेनेजर सीताराम दाहालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्