
काठमाडौं, असोज ४ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सिसडोल ल्याण्डफिल्ड साइट निर्माणको काम दसैँ अगाडी नै सम्पन्न हुने दावी गर्नुभएको छ ।
आइतबार नुवाकोटको ओखरपौवास्थित बञ्चरेडाडा सिसडोल ल्याण्डफिल्ड साईट निर्माणस्थलको अनुगमन गर्दै राज्यमन्त्री मानन्धरले असोज महिनाभित्रै ल्याण्डफिल्ड साइटको पहिलो चरणको निर्माण सकिने र कार्तिक पहिलो सातादेखि फोहोर विसर्जन गर्न सुरु गर्ने दावी गर्नुभयो ।
कोरोना संक्रमणका कारण निर्माणमा ढिलाई भएपनि अब एक महिनाभित्र साइट निर्माण सकिने उहाँको भनाइ छ ।
राज्यमन्त्री मानन्धरले सकेसम्म दसैँअघि नै फोहोर विसर्जन थालिने गरी पूर्वाधार निर्माण तिब्र गतिमा भइरहेको जानकारी दिनुभयो ।
मन्त्री मानन्धरले सामान्य अवस्थामा फोहर विसर्जन गर्दा २५ र स्यानेटरी ल्याण्ड फिल्ड गर्दा कम्तिमा ५० वर्षका लागि यो स्थानमा उपत्यकाको फोहर व्यवस्थापन हुने बताउनुभयो ।
सिसडोल ल्याण्डफिल्ड साइट निर्माण आयोजना सुपरभाइजर कमल पोखरेलले आयोजनाको ८५ प्रतिशतसम्म काम समिएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्