
काठमाडौं, असोज ४ । ग्लोबल टेक्नोलोजी लिडर दाबी गरिएको कम्पनी साओमीले दशैं लक्षित गरी आफ्ना दुई उत्पादन नेपाली बजारमा भित्राएको छ ।
कम्पनीले भर्चुअल कार्यक्रममार्फत ५५ ईन्चको मी टिभी ४ एक्स र ४३ ईन्चको मी एलईडी टिभी ४ एप्रो सार्वजनिक गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको ५५ इन्चको मी टिभी ४ एक्समा भएको एचडीआर डिस्प्ले सुविधाले वास्तविक इमर्सिभ अडियो भिजुअललाई देखाउँछ ।
यो टिभिको मुल्य ६४ हजार ९ सय ९९ रुपैंया छ ।
यस्तै अर्काे ४३ ईन्चको मी एलईडी टिभी ४ ए प्रो पूर्ण एचडीमा भिजुअल आउनुका साथै साधारण १२ बटनको ब्लुटुथ मी रिमोट सुविधा रहेको कम्पनीले जनाएको छ ।
यो टिभिको बजार मुल्य ३९ हजार ९ सय ९९ सय कायम गरिएको छ ।
दुवै टिभीहरुका लागि प्रि बुकिङ खुला गरिएको कम्पनीले जनाएको छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले टीभीमा उत्कृष्ट सफ्टवेयर विशेषता रहेको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्