
सुर्खेत, असोज ४ । सुर्खेत बिमानस्थलमा स्वास्थ्य सुरक्षाको सबै तयारी पुरा भएको छ ।
आइतबारदेखि आन्तरिक हवाई उडान सञ्चालन हुने भएपछि स्वास्थ्य सुरक्षाको सबै मापदण्ड तयार गरिएको हो ।
कर्णाली प्रदेशलाई संघीय राजधानीसँग जोड्ने सुर्खेत विमानस्थलमा व्यक्तिगत सुरक्षा सम्बन्धि आवश्यक तयारी पुरा भएको बिमानस्थलले जनाएको छ ।
न्यूनतम एक मिटरको दूरी कायम गर्दै आगमन र प्रस्थान कक्षमा चिन्ह् लगाउने काम सम्पन्न भएको छ ।
भौतिक दूरी कायम गरेर यात्रु प्रवेश गर्ने, मास्क अनिवार्य लगाउनुपर्ने, रुघाखोकी लागेका यात्रुहरु जान नपाउने, स्यानिटाइजर प्रयोग गर्नुपर्नेसहितको प्रावधान राखिएको सुर्खेत नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेशकुमार पन्थीले जानकारी दिनुभयो ।
बुद्ध एयरले १ सय ७५ दिन पछि सुर्खेत–काठमाडौं उडानको तयारी थालेको छ ।
बुद्ध एयरका सुर्खेतका स्टेशन म्यानेजर नरबहादुर बस्नेतले भोलीदेखी हुने सुर्खेत–काठमाडौं उडानका लागि ५० प्रतिशत टिकट बुक भइ बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्