
काठमाडौं, असोज ४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो कारणले नभई दुई कम्युनिष्ट पार्टीबीच निर्वाचनमा गठबन्धन हुँदा कांग्रेस दोस्रो दल बन्नुपरेको जिकीर गर्नुभएको छ ।
कांग्रेस महिला विभागले गरेको भर्चुअल बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले तत्कालीन नेकपा एमाले र एमाओवादी केन्द्र मिलेर चुनाव लडेकै कारण कांग्रेसको कमजोर परिणाम आएको बताउनुभयो ।
दुई कम्युनिष्ट मिलेर चुनावमा जाने र कांग्रेस एउटै पार्टी पनि दुइटा जस्तो भएर चुनावमा पुगेकाले अहिलेको अवस्था आएको तर्क पनि उहाँले गर्नुभयो ।
कांग्रेसलाई ठूलो पार्टी बनाएरै छाड्ने प्रतिवद्धता जनाउँदै देउवाले कांग्रेस नेता कार्यकर्तालाई संगठनका लागि गाउँ जान निर्देशन पनि दिनुभयो ।
कांग्रेस महिलामैत्री पार्टी भएर पनि महिलाबाट जति भोट आउनुपर्दथ्यो त्यसो नभएको उहाँको गुनासो थियो ।
प्रतिक्रिया दिनुहोस्