२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


नेकपा केन्द्रीय सदस्यहरूलाई तलबः जनता चुसेर, कार्यकर्ता पोसिँदै


0
Shares

ncp secretariate meeting

काठमाडौं, असोज ४ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्यहरूलाई पारिश्रमिक दिने भएको छ ।

नेकपाको आइतबारबाट शुरु भएको सचिवालय बैठकमा केन्द्रीय सदस्यहरुलाई तलब दिने विषय एजेन्डाकै रूपमा लगिएको हो ।

नेकपाका केन्द्रीय सदस्यहरूलाई मासिक रूपमा पारिश्रमिक वापत् सुविधा उपलब्ध गराउने विषय बैठकको कार्यसूची रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको हो ।

ततकालीन नेकपा (एमाले) ले राजकीय जिम्मेवारीमा नरहेकाहरूलाई निर्वाह खर्च भनेर मासिक पारिश्रमिक उपलब्ध गराउने गरेको थियो ।

पार्टी एकीकरणपछि टुटेको क्रमलाई फेरि निरन्तरता दिन खोजिएको हो । यस्तो सुबिधा पाउनेमा केन्द्रीय कमिटी सदस्यहरू र पार्टीका पूर्णकालीन कार्यकर्ता रहने जनाइएको छ ।

यस एजेण्डामाथि सोमबार बस्ने बैठकमा छलफल हुने जनाइएको छ ।

प्रवक्ता श्रेष्ठले प्रदेश जिल्ला वा त्योभन्दा तल्ला कमिटीहरुका बारेमा भने तत् कमिटीहरुले नै यसबारे निर्णय लिन सक्ने अधिकार रहेको बताउनुभयो ।

देश र जनता कोरोनाको महामारीका परेर भएको रोजिरोटी गुमाएर भोकै पर्ने अवस्थामा हुँदा ती भुईंमान्छेको भन्दा आफ्ना नेता कार्यकर्ता चिन्तामा सत्ता सञ्चालन गरिरहेको पार्टी नेतृत्व लाग्नु जानमत कै अपमान हुने स्वयं नेकपा कै केही नेताले टिप्पणी गरेका छन् ।

एकातिर बन्द, व्यापार, व्यवसाय गुमाएकाहरुसँग निचोरेर कर उठाउने, अर्कातिर आफ्ना नेता कार्यकर्ता पाल्न घुमारोउरो बाटोबाट त्यही करको पैसा प्रयोग गर्नु सत्ता र शक्तिको दुरुपयोग भएको राजनीतिक विश्लेषकहरुको टिप्पणी छ ।