
एजेन्सी, असोज ४ । भारत उत्तर प्रदेशमा एक गर्भवती महिलाको पेटमा उनकै पतिले हँसियाले चिरिदिएका छन् । पीडित महिलाको अवस्था चिन्ताजनक रहेको छ ।
पाँच वटी छोरीको जन्म दिएकी पत्नीको गर्भमा छैठौं सन्तान फेरि पनि छोरी नै हो कि भन्ने आशंकाले उनले गर्भवती पत्नीको पेट घँस काँट्ने हँसियाले चिरिदिएको खबरमा जनाइएको छ ।
उत्तर प्रदेश बदायूं जिल्लाका पन्नालाललाई धारिलो हतियारले आफ्नी पत्नीको पेट चिरेको आरोपमा प्रहरीले गिरफ्तार पनि गरेको छ ।
गम्भीर अवस्थाकी गर्भवती महिला अनीताको दिल्लीको एक अस्पतालमा उपचार भइरहेको समाचारमा उल्लेख छ ।
पाँच वटी छोरी जन्माइसकेकी अनीताको पेटमा रहेको बच्चा छोरा हो वा छोरी भन्ने पत्ता लगाउन पन्नालालले हँसियाले पेट चिरेको उनकी अनीताकी बहिनीले बताएकी छिन् ।
आफ्नो छैठौं सन्तान पनि छोरी नहोस् भन्ने चाहना पन्नालालमा रहेको पनि बीबीसीको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्