२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु, काठमाडौं उपत्यकामा ६७४ सहित ११५४ जनामा कोरोना संक्रमण


0
Shares

काठमाडौं, असोज ५ । पछिल्लो २४ घण्टामा ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप ११५४ जना कोरोना संक्रमित थपिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५ जना डिस्चार्ज भएका छन् ।

योसहित नेपालमा डिस्चार्ज हुनेको संख्या ४७ हजार २३८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गरेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ५३८, ललितपुरमा ६२ र भक्तपुरमा ७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।

भिडियो हेर्नुहोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.06.05

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.06.05#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Monday, September 21, 2020