१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सप्तरीमा स्वास्थ्य सामाग्रीको अभाव, पीसीआर परीक्षण प्रभावित


13
Shares

सप्तरी, असोज ५ । सप्तरीमा कोरोना परीक्षणको दायरा बढाएसंगै प्रयोगशालाहरुमा रिएजेन्टसहितका स्वास्थ्य सामाग्रिहरु अभाव हुन थालेको छ ।

कोरोना परीक्षणका लागि आवश्यक पर्ने रिएजेन्ट अभाव हुँदा पिसीआर परीक्षण प्रभावित हुने अवस्थामा पुगेको छ ।

सप्तरीमा ९ सय नमूना स्वाब परीक्षण गर्न बाँकी रहकै बेला गजेन्द्रनारायण सिंह अस्पतालस्थित प्रयोगशालामा रिएजेन्ट अभाव भएको हो ।

सप्तरी र सिरहा गरी दैनिक २ सयबढीको परीक्षण भइरहेको प्रयोगशालामा रिएजेन्ट अभाव हुन थालेपछि पिसीआर परीक्षण नै प्रभावित हुने अवस्थामा पुगेको अस्पतालका प्रशासनले जनाएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर रंजीतकुमार झाले अभावबारे सम्वन्धित ठाउँमा जानकारी गराउँदा पनि हालसम्म अभावपूर्ति नहुँदा समस्या भइरहेको बताउनुभयो ।

यस प्रयोगशालाबाट हालसम्म १६ हजार १ सय ६३ जनाको पिसीआर परीक्षण गरिएको छ ।