१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बीएण्डसी अस्पतालका दुईजना डाक्टरसहित १२ जना स्वास्थ्यकर्मी कोरोनामुक्त


0
Shares

झापा, असोज ५ । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा कार्यरत दुईजना डाक्टरसहित १२ जना स्वास्थ्यकर्मी कोरोना संक्रमण मुक्त भएका छन् ।

कोरोना संक्रमण मुक्त भएका सबै स्वास्थ्यकर्मीलाई अस्पतालले सम्मान गर्दै काममा फर्कन आग्रह गरेको छ ।

सोमबार अस्पतालमा पत्रकार सम्मेलन गरी संक्रमण मुक्त भएका चिकित्सक सबैलाई काममा फर्कन आग्रह गरेको छ ।

भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु सबैजनालाई अस्पताल प्रशासनले आफ्नै आइसोलेशनमा राखेर उपचार गरेको थियो ।

कोरोना संक्रमण मुक्त भएका सबैलाई अस्पतालले आज डिस्चार्ज गरेको छ ।