
बर्दिया, असोज ५ । बर्दियाका स्थानीय तहका कर्मचारी आन्दोलित भएका छन् ।
निजामति कर्मचारीहरुको आधिकारीक टेड युनियनको निर्वाचनमा स्थानीय तहमा पदस्थापन भएका कर्मचारीहरुले भाग लिन नपाउने भनी गरेको निर्णयप्रति आपत्ती जनाउदै उनीहरु आन्दोलित भएका हुन् ।
आफुहरुलाई दोश्रो दर्जाको कर्मचारीको रुपमा व्यवहार गरेको भन्दै कर्मचारीहरुले सोमबार हातमा कालोपट्टी बाँधेर बिरोध गरेका छन् ।
एउटै ऐन अनुसार आफुहरुले नियुक्ति पाए पनि कर्मचारीबीच विभेद सृजना गर्ने गरि निर्वाचन तालिका सार्वजनिक गरेकाले निर्णय सच्याउनु पर्ने उनीहरुको माग छ ।
आन्दोलित कर्मचारीहरुको संगठन स्थानिय तह कर्मचारी हकहित मञ्च जिल्ला कार्य समिती बर्दियाले ३ बुँदे माग सहित निर्वाचन अधिकृतको कार्यालयलाई ज्ञापन पत्र समेत बुझाएको छ ।
प्रतिक्रिया दिनुहोस्